मोर्चाबन्दी बनाएर स्ववियुमा उम्मेदवारी दिने

काठमाडौं, २८ वैशाख । एकीकृत माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीसहितका ११ विद्यार्थी संगठनहरुले आसन्न स्ववियु निर्वाचनमा मोर्चाबन्दी गरेर जाने सहमती गरेका छन् ।
विद्यार्थी संगठनहरुको आज भएको बैठकमा स्ववियुमा संघीयता पक्षधरलाई जिताउन संयुक्त प्यानल बनाएर चुनाव लड्ने सहमती भएको अखिल क्रान्तिकारीका उपाध्यक्ष जागृह रायमाझीले जानकारी दिए । उनले ‘पहिचानसहितको संघीयता, समावेशी र समानुपातिक स्ववियु’ चुनावी नारा भएको बताए । मोर्चामा एमाओवादीसहित नेकपा माले, सघीय समाजवादी र अन्य मधेशी दल निकट विद्यार्थी संगठनहरु समावेश छन् ।

प्रतिक्रिया