स्रष्टा सम्मानित

काठमाडौं : कला र साहित्य क्षेत्रमा उल्लेखनीय योदान पुर्‍याउने विभिन्न स्रष्टा सम्मानित भएका छन् ।  विगत १८ वर्षदेखि प्रदान गरिँदै आएको ‘लूनकरणदास गंगादेवी चौधरी पुरस्कार तथा सम्मान’ शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रधान गरिएको छ ।
कार्यक्रममा यो वर्ष गंगादेवी चौधरी स्मृति सम्मानबाट साहित्यकार गीता केशरी, इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मानबाट इतिहासविद् डाक्टर दिनेशराज पन्त, सरस्वतीसम्मानबाट कवि वैरागी काँइला, नारायणगोपाल संगीत सम्मानबाट लोकगायिका तीर्थकुमारी थापा र नेपाल नवप्रतिभा पुरस्कारबाट नाट्यकर्मी राजकुमार पुडासैनी सम्मानित भए ।
गंगादेवी चौधरी स्मृतिसम्मान १ लाख, इतिहासशिरोमणी बाबुराम आचार्य शोधसम्मान, सरस्वतीसम्मान र नारायणगोपाल संगीतसम्मान ५१ हजार र नेपाल नवप्रतिभा पुरस्कारको २५ हजार रुपियाँ राशीका छन् । (सौस)

प्रतिक्रिया