नेपाल सेमिफाइनलमा पराजित

क्वालाम्पुर : नेपाल एसिसी यु–१० एलाइट कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ । शुक्रबार क्लालम्पुरमा भएको खेलमा संयुक्त अरब इमिरेट्सेले नेपाललाई ७६ रनले पराजित गर्‍यो । २ सय ७२ रनको लक्ष्य पाएको नेपाल ४६.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ९५ रनमा सीमित भयो । नेपालका हरिशंकर शाहले ५२ तथा भुवन कार्कीले ४१ रन जोडे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इमिरेट्सले सात विकेट गुमाउँदै २ सय ७१ रन जोड्यो । युएईका सोइ चोप्राले १ सय १४ रन जोडे । डान सुवाजाले ५८ रन जोडे । सुवजा र चोपराले चौथो विकेटका लागि १ सय २९ रनको साझेदारी गरे । १ सय १५ बलको सामना गरेका चोप्राले १७ चौका र एक छक्का प्रहार गरे । रोहति सिंहले २६ रन जोडे ।
अभिनाश कर्णले तीन विकेट लिए पनि १० ओभरमा ६५ रन खर्चिए । यसैगरी, सुशान्त भारीले एक विकेट लिए पनि १० ओभरमा ६८ रन खर्चे । यज्ञमान कुमाल, भुवन कार्की र निश्चल पाण्डेले एक/एक विकेट लिए ।
युएसले फाइनलमा अफगानिस्तानसँग खेल्नेछ । शुक्रबारै भएको सेमिफाइनलमा अफगानिस्तानले मलेसियालाई १ सय ४० रनले पराजित गर्‍यो । २ सय ३४ रनको लक्ष्य पाएको मलेसिया ४५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९३ रनमा सीमित भयो । (एजेन्सी)

प्रतिक्रिया