शिक्षकले कुटाइ खाएपछि विद्यालय नै बन्द

राजविराज, २७ वैशाख । अभिभावकहरुले अनियमितताको आरोपमा प्रधानाध्यापक सूर्यनारायण यादवलाई कुटपिट गरेपछि राजविराज १० डुमरी शिवथान स्थित राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको छ ।
विद्यालको छात्रवृत्ति र खानेपानीको ट्युवेलमा प्रअले अनियमिता गरेको भन्दै अभिभावकले हिजो कुटपिट गर्नुका साथै विद्यालयमा तालावन्दि गरेपछि आज विद्यालय वन्द भएको हो ।
अभिभावक देवराम यादव, खेलानन्द यादव, गोविन्द यादव, बिसो यादव र श्यामनारायण यादवले विहीवार कक्षा कोठामै प्रअ यादवलाई कुटपिट गरेका थिए । कुटपिटवाट घाईते भएका यादवको राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
कक्षा कोठामा पढाइरहेका बेला प्रधानाध्यापकमाथि आक्रमण भएपछि विद्यार्थीहरु आतंकित भएकाले आज कोहि पनि विद्यालयमा नआएको कार्यालय सहायक राजकुमार यादवले बताए । कक्षा पाचसम्म पढाई हुने उक्त विद्यालयमा ८० जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया