सिंहदबारमा धर्ना दिने अधिकारकर्मी पक्राउ

simhadarbarकाठमाडौं, २७ वैशाख । विधिको शासन र मानव अधिकार रक्षाको माग गरेर सत्याग्रहको कार्यक्रमसहित धर्ना बस्न पुगेका दुई दर्जन बढी अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन पुगेका तीस जना अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ ।
प्रमुख चार राजनीतिक शक्तिले मानव अधिकार उल्लंघनकर्तालाई पुरस्कृत गरेको, लोकतान्त्रिक तथा न्यायिक मूल्य मान्यतालाई कुल्चिएको घटनाको विरुद्ध समाजले सत्याग्रह सुरु गरेको छ ।
पक्राउ पर्नेमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति होमकान्त चौलागाई, कृष्ण कँडेल, महासचिव कुमारराज सुवेदी, जानुका श्रेष्ठ भण्डारी, रत्नलक्ष्मी श्रेष्ठ, महेश आचार्य, उत्तम पुडासैनी, मुरारी, फुयाँल, प्रतिमा पन्थी, रेणका पौडेल, पुष्पा केसी, बलबहादुर गाहामगरलगायत रहेका छन् ।
यसैबीच, समाजले पुन: जेठ–१ गते पनि सिंहदरबारको दक्षिण गेट अगाडी सत्याग्रह अन्तर्गतै धर्ना दिने जनाएको छ ।

प्रतिक्रिया