एमाओवादीका राज्य समिति सदस्यको हत्या

mao fबारा, २६ वैशाख । बारा जिल्लामा स्थानीयको आक्रमणबाट एमाओवादीका भोजपुरा राज्य समिति सदस्य राजेन्द्र मण्डलको मृत्यु भएको छ ।
आपसी विवादका क्रममा बुधबार राति कलैया नगरपालिका–२ मा भोजमा सहभागी भएर फर्कने क्रममा स्थानीय प्रमोद मण्डलले राजेन्द्रलाई चिर्पटले टाउकामा प्रहार गरेको प्रहरीले जनाएको छ । चिर्पट प्रहार पछि घाईते राजेन्द्रलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार गराउँदा/गराउँदै मृत्यु भएको थियो ।
सो घटनामा संलग्न प्रमोद सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
एक साता अघि राजेन्द्र र प्रमोदबीच सामान्य झगडा भएको थियो । सोही झगडाको निहुमा प्रमोदले राजेन्द्रलाई चिर्पटले प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भीक अनुमान छ ।

प्रतिक्रिया