‘निशाना’मा प्रहरी अधिकारी र उप–सचिव

काठमाडौं, २५ वैशाख । मुलुकका विभिन्न स्थानमा बुधबार भएका प्रदर्शनका क्रममा दर्जन सवारी साधनमा तोडफोड भएको छ । प्रदर्शनकारीले पोखरामा एउटा सरकारी जीपमा आगजनी समेत गरेका छन् ।
नवलपरासीमा बेरोजगार युवा संघ नेपालका कार्यकर्ताले तीन वटा सवारी साधनमा क्षतिपुर्‍याएका छन् । शिवमन्दिर–३, खरकट्टास्थित महेन्द्र राजमार्गमा बुधबार लु.१ ख ४५३५ नम्वरको बसलाई ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले कावासोती–५, थकालीचोकमा ना.३ ख ७२६३ र ना.४ ख ३३४५ नम्वरको बसमा पनि आक्रमण गरेर क्षति पुर्‍याई दिएका छन् ।
त्यसै गरेर रुपन्देहीमा पनि दुई वटा सवारी साधनमा तोडफोड भएको छ । बुटवल नगरपालिका–१४ स्थित महेन्द्र राजमार्गमा लु.१ ख ८०२६ नम्वरको माइक्रोबस र ना.४ ख ८५६९ नम्वरको बसमा अगाडी भएको थियो ।
उता, झापाको अनारमनी–३ मा राजमार्गमा लुकीछिपी बसेका युवाले ना.३ ख २४६० नम्वरको बसलाई ढुंगा प्रहार गरेर पछाडीको सिसा फुटाई दिएका छन् ।
यता, काठमाडौंमा पनि आन्दोलनरत विद्यार्थीले निजी सवारी साधनमा तोडफोड गरेका छन् । चावहिलमा ढुंगा प्रहार गरेर बा.९ च २०३५ नम्वरको कारमा क्षतिपुर्‍याएको प्रहरी भनाई छ ।
लाजिम्पाटमा पनि विद्यार्थीले नेपाल प्रहरी अस्पातलका वरिष्ठ उपरीक्षक डा.कन्हैयाबहादुर श्रेष्ठको सवारी साधनमा आक्रमण गरेर क्षतिपुर्‍याई दिएका छन् । विद्यार्थको आक्रमणबाट श्रेष्ठ सवार बा.१ झ ७९८२ नम्वरको सरकारी जीपमा क्षति पुगेको छ । ढुंगा प्रहार गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।
उपत्यका विकास प्राविधिकरणका उप–सचिव रामशरण ढकाल सवार बा.१ झ ४७२७ नम्वरको सरकारी मारुती भ्यानमा पनि विद्यार्थीले अक्रमण गरेका छन् । भ्यानमा विद्यार्थीले बानेश्वर थापा गाँउको उकालोमा आक्रमण गरेका थिए ।
यता, पोखरामा पनि अपरिचित समूहले जीपमा आगजनी गरेको छ । पोखरा उपमहानगरपालिका–८, सृजना चोकमा २ वटा मोटरसाइकलमा आएका व्यक्तिले जिल्ला शिक्षा कार्यलय लम्जुङको बा.१ झ ६१०० नम्वरको जीपमा आगो लगाएर क्षति पुर्‍एको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया