अब स्कुल डान्स च्याम्प

काठमाडौं : नृत्यमार्फत युवा–युवतीको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कुल डान्स च्याम्प नामक कम्पिटिसन हुने भएको छ । नृत्यमै पहिचान बनाउन चाहनेहरूका लागि उपयुक्त प्लेटफार्म सिद्धहोस् भनेर ड्रिम फ्याक्ट्री इन्टरटेन्मेट गु्रपले यो प्रतिस्प्रर्धा गर्न लागेको हो । गतवर्ष कलेज डान्स च्याम्प गरेको ड्रिमको यो दोस्रो रियालिटी सो हो ।
इमेज च्यानलबाट प्रसारण व्यवस्था मिलेको यो सो जेठमा अडिसन हुने ड्रिम याक्ट्रीका प्रबन्धनिर्देशक दशमी सुनुवारले बताइन् । ‘यो नृत्य प्रतियोगिता मात्रै हैन’ दशमीले भनिन्, ‘नृत्यका विभिन्न विधामा तालिम लिने अवसर पनि हो ।’ स्कुल डान्स च्याम्पअन्र्तगत नृत्य शैली, हाउभाउ र फरफेक्ट डान्स टेक्निकबारे सिकाइने दशमीले दाबी गरिन् ।
भक्तपुर, ललितपुर, काठमाडौं, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, चितवन, सुनसरी, झापा, मोरङ र नेपालगञ्जलगायत बाह्र स्थानमा अडिसन गरी उत्कृष्ट ६० जना प्रतिस्पर्धी मेघाफाइलनलका छानिने र काठमाडौं ल्याइनेछ । ‘प्रशिक्षणपछि २० जना अन्तिम प्रतिस्प्रर्धाका लागि छानिनेछ । यी नै प्रतिस्पर्धामा अघि बढ्नेछन्’ दशमीले भनिन्, त्यसपछि प्रत्येक हप्ता चार जना प्रतिस्पर्धी हटाउँदै लगेर अन्तिममा जम्मा आठ जना प्रतिस्पर्धीमध्ये एक जना प्रतिभाशाली विजेता छानिनेछ ।’ प्रतिस्पर्धामा कक्षा १ देखी ९ सम्मका देशभरका विद्यार्थीहरूले सहभागी जनाउन सक्नेछन् । (सौस)

प्रतिक्रिया