सूर्य नेपाल प्रालि मास्टर्समा अन्तर्राष्ट्रिय खेलाडी

काठमाडौं, २५ वैशाख । नेपालको सबैभन्दा उत्कृष्ट र अहिलेसम्म कै सर्वाधिक पुरस्कार राशि भएको गल्फ प्रतियोगिता सूर्य नेपाल प्रालि मास्टर्स २०१३ को २०औँ संस्करणअन्तर्गत यही २८ वैशाखदेखि गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा हुने अन्तिम प्रतिस्पर्धामा विजेताले सात लाख ७५ हजार नौ सय २० रुपियाँ प्राप्त गर्नेछ । योप्रतियोगिता यही २५ वैशाखबाट सुरु हुँदै छ । पहिलो संस्करणदेखि अहिलेसम्म लगातार सुदृढ र सबल हुँदै गइरहेको यस प्रतियोगिताको पुरस्कार राशि ४८ लाख रहेको छ जुन अघिल्लो वर्षभन्दा २० प्रतिशत बढी हो ।
प्रतियोतिगामा दोस्रो हुने गल्फरले पाँच लाख ३५ हजार नौ सय २० र तेस्रो हुने गल्फरले तीन लाख सात सय २० प्राप्त गर्नेछ । यसैगरी, चांैथो र पाँचौँ हुने खेलाडीले क्रमश: दुई लाख ४३ हजार एक सय २० र एक लाख ९५ हजार एक सय २० प्राप्त गर्नेछ । चार दिनको स्ट्रोक प्ले फम्र्याटमा खेलाइने यस प्रतियोगितामा उत्कृष्ट ५० खेलाडी नगद पुरस्कारसहितको अन्तिम दुई राउन्डका लागि छनोट हुनेछन् जसमाअन्तिम स्थानमा रहने खेलाडले २० हजार प्राप्त गर्नेछ । एसियस टुर विजेता अनिरबनलहिरीले अगुवाइ गर्ने यस प्रतियोगितामा दक्षिण एसियाका स्टार खेलाडीको सहभागिताले पनि यसको प्रतिष्ठा बढाएको छ । देशमा यस खेलको लगातार विकास भइरहेको समयमा थुप्रै नेपाली खेलाडीको पनि सहभागिता रहनेछ । जसमा उनीहरूले अन्तिम दिनसम्मका लागि आफ्नो स्थान पक्का गर्ने प्रचुर सम्भावना रहेको छ । नेपाली खेलाडी मध्ये धेरैले यस प्रतियोगिताको पहिलो नेपाली विजेता दीपक थापा मगरको इतिहासलाई पछ्याउने आशा गरिएको छ भने मगर स्वयं पनि सन् २००७ को आफ्नो जितलाई दोहोर्‍याउने आशामा छन् ।
नेपाली खेलाडी मध्ये सबैभन्दा आशा गरिएको खेलाडी शिवराम श्रेष्ठ हुन्, जसले हरेक वर्ष आफ्ना उत्कृष्टता प्रस्तुत गरिरहेका छन् । सूर्य नेपाल प्रालि गल्फ टुर अर्डर अफ मेरिटमा पहिलो स्थानमा पर्न सफल श्रेष्ठले यस प्रतियोगिताको टाइटल जित्न सक्ने पनि अनुमान गर्न सकिन्छ । यसैगरी, उत्कृष्ट फर्ममा रहेका सूर्य नेपाल प्रालि गल्फ टुर विजेता रवि खड्कालाई पनि यस प्रतियोगिताको दाबेदारको रूपमा हेरिएको छ ।
लहिरीबाहेक, सूर्य नेपाल प्रालि मास्टर्समा जित हासिल गरिसकेका खेलाडी शमिमखान, रशिदखान, विजयकुमार, फिरोज अलि, गौरव घेइ र गुर्बाज खानले भारतको प्रतिनिधित्व गर्नेछन् ।
पाँच देशका खेलाडी मैदानमा उत्रन गइरहेको यस प्रतियोगितामा अनुरा रोहना रमिथुन परेराले श्रीलंका र कुनालभासिनले अस्ट्रेलियाको प्रतिनिधित्व गर्नेछन् ।
सूर्य नेपाल गल्फ टुर अन्तर्गतको यस सूर्य नेपाल प्रालि मास्टर्स नेपाल प्रोफेसनल गल्फ एसोसिएसद्वारा व्यवस्थित प्रतियोगिता हो ।  यस प्रतियोगितालाई प्रोफेसनल गल्फ टुर अफ इन्डियाले अर्डर अफ मेरिटको आधारमा स्वीकृती दिएको छ । सूर्य नेपाल प्रालिले आफ्नो सामाजिक अभियान खेल पर्यटनअन्तर्गत नेपाललाई एसियाकै आकर्षक गल्फ पर्यटन स्थलको रूपमा विकास गर्ने लक्ष्यसहित गल्फ टुर प्रायोजन गरिरहेको छ ।
मंगलबार खेलिने सूर्य नेपाल प्रालि प्रो–एएमबाट यस प्रतियोगिताको विधिवत सुरुवात हुनेछ जसमा नेपाली खेलाडी तथा भारतबाट आएका प्रमुख कार्यकारी अधिकृतहरू प्रस्तुत हुनेछन् । एक दिनहुने मनोरञ्जनात्मक प्रो–एएमले उत्साही गल्फ खेलाडीलाई व्यावसायिक खेलाडीसँगै खेल्ने मौका दिनेछ । स्क्र्याम्बल फम्र्याटमा खेलाइने यस प्रतियोगितामा प्रतिभा देखाउने रोचक कन्टेस्ट हुनेछ जसमा एमेच्योरले व्यावसायिक खेलाडी सामु आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् ।
७२ पारको गोकर्ण फरेस्ट गल्फ रिसोर्ट उत्कृष्ट र मनमोहक छ । यहाँको सुन्दरताले खराब दिनको नराम्रो स्कोरलाई पनि बिर्साइ दिन्छ भन्ने भनाइ अभ्यासको क्रममा सुनिएको थियो । उत्कृष्ट र चुनौतियुक्त कोर्समा गल्फका पारखीले एक सातासम्म रोमाञ्चक खेललाई आत्मसात् गर्नेछन् । गोकर्ण गल्फकोर्स यति बेला नयाँं विजेताको पर्खाइमा छ ।

प्रतिक्रिया