महासंघले चितवनमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं, २४ वैशाख । नेपाल आदिवासी जनजाति महासंघले आफ्नो आठौं राष्ट्रिय महाधिवेशनमा एकलाख भन्दाबढी समर्थकलाई चितवनमा उतार्ने दाबी गरेको छ ।
काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनलमा अध्यक्ष राजकुमार लेखीले आठौं महाधिवेशनले आदिवासी जनजाति आन्दोलनका विषयमा फैलाएको भ्रमलाई चिर्ने दाबी गरे । यस पटकको महाधिवेशनले अध्यक्ष र महासचिव पदका लागि नयाँ उम्मेद्वारले नेतृत्व लिने लेखीको भनाई छ ।
महाधिवेशनमा अध्यक्ष पदमा नगेन्द्र कुमाल, चन्द्रविक्रम राई, नरेश ताम्राकार, पेमाछिरिङ शेर्पा र मित्यानन्द ताजपुरियाले तयारी गरेका छन् ।
महासचिवका लागि नवीन रोकामगर, गोविन्द छन्त्याल, डण्डु शेर्पा र बुद्ध घर्तीले उम्मेद्वारी घोषणा गरेका छन् ।
महासंघको महाधिवेशन राजधानी बाहिर पहिलो पटक आयोजना हुन लागेको हो ।

प्रतिक्रिया