सामसुङ ग्यालेक्सी एस फोर सार्वजनिक

Galaxyकाठमाडौ, २४ वैशाख । नेपालका लागि सामसुङ मोबाइलको आधिकारीक बिक्रेता इनटरनेसनल मार्केटिङ सर्भिसेजले ग्यालेक्सी एस फोर सार्वजनिक गरेको छ । कम्पनीका अध्यक्ष डिकेश मल्होत्राले सार्वजानिक गरेको उक्त मोबाइलमा  अहिलेसम्मकै सबैभन्दा बढी सेवा र सुविधा रहेको जिकिर गरे ।
अत्यधिक हार्डवेयर, सफ्टवेयर भएको यो मोबाइल युवापुस्ताका लागि लक्षित गरिएको छ । यसमा सुपर एमोल्ड डिस्प्ले रिजोल्युसन १०८० पिक्सेल छ । जसका कारण यसमा रहेको फोटो वा भिडियो हेर्दा थप आनन्द प्रदान गर्ने दाबी कम्पनीले गरेको छ ।
एस फोरमा रहेको सामसुङ एडप्ट डिस्प्ले प्रविधिले प्रकाशको अवस्था हेरेर ब्राइटनेस र कन्ट्रास्टलाई अटोमेटिक मिलाउने गर्छ । पन्जा लगाएको हातले पनि काम गर्ने क्षमता यो मोबाइलमा छ । साथै आँखाको इसाराले समेत यसलाई चलाउन सकिन्छ । ज्यादा ब्याट्रीको क्षमता भएको यो मोबाइल १ सय २० ग्राम तौलको छ । यसमा १३ मेगा पिक्सेलको क्यामरा क्षमता छ । अगाडि र पछाडि दुवै तिरबाट फोटो खिचन सक्ने क्षमता भएको एसफोरमा एकैपटक धेरै व्यक्तिले गेम खेल्नुका साथै  भिजिटिङ कार्डलाई स्क्यान गरेर टेक्स्टमा सारेर कन्ट्याक्टमा सेभ गर्न सकिने प्रविधि रहेको छ ।
भिसिडी, म्युजिक सिस्टमलगाएतको रिमोट कन्टोलको कामसमेत यसैबाट चलाउन सकिन्छ । सो अवसरमा कम्पनीका कार्यकारी अध्यक्ष दीपक मल्होत्राले दिएको जानकारीअनुसार यो मोबाइल खरिद गर्ने ग्राहकलाई  एनसेलको डाटा सर्भिस तीन महिनासम्म हरेक महिना १ जिबीको दरले पाउने सुविधा रहेको छ । यो किस्ताबन्दीमा समेत किन्न सकिनेछ । यसअगाडि बजारमा सामसुङले ल्याएको एसटु एस थ्री, सेटलाई  एसफेरमा अपग्रेड गर्न सकिने मल्होत्राले बताए । उक्त सुविधा शेर्पा मलमा रहेको सामसुङको प्रिमियम ब्रान्ड सपमा उपलब्ध छ ।
युवापुस्तालाई लक्षित गरी बजारमा आएको यो मोबाइल अहिलेसम्मकै आकर्षक र बढी सेवाप्रदायक भएको मोबाइल सार्वजानिक कार्यक्रममा अध्यक्ष मल्होत्राले घोषणा गरे । हरेक एसफोरको मोबाइल बिक्रीबाट एकहजार रुपियाँ छुट्याइ कल्याणकारी कोषमा राखिनेछ । सोही कार्यक्रममा उनले, डिएम फाउन्डेसनमा स्थापनाको घोषण गरे । कोषको रकमबाट अपाङ, वृद्ध, आर्थिक अवस्था कमजोर भएका र प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्ने बताए ।

प्रतिक्रिया