चार दलका कारण चुनाव अनिश्चित: थापा

Kamal-Thapaकाठमाडौं, २३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चार दलीय सिन्डिकेट अन्त्य नहुँदा सम्म मुलुकले निकास नपाउने बताएका छन् ।
काठमाडौंको धुम्बाराहीमा सोमबार नयाँ पार्टी कार्यालय भवन प्रवेशका क्रममा थापाले मधेसी मोर्चासहितका ठूला दलहरुले मुलुकलाई संकटमा पुराएको बताए । ‘चार दलीय सिन्डिकेटका कारण चुनाव झन् अन्यौलमा परेको छ,’ उनले भने ।
अध्यक्ष थापाले संविधानसभा निर्वाचनमा राप्रपा नेपालले अत्याधिक सिट जित्ने बताए ।

प्रतिक्रिया