एमालेको पोलिट ब्यूरो आइतबारबाट सुरु

UML-party-office-ST_2012062काठमाडौं, २२ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्था र केन्द्रीय कमिटीका एजेण्डा तय गर्न एमालेको पोलिट ब्यूरोको बैठक आइतबारबाट सुरु भएको छ ।
पार्टी मुख्यालय बल्खुमा आइतबार बसेको बैठकमा केन्द्रीय कमिटीका एजेण्डा र अन्य विविध विषयमा छलफल भएको एक सदस्यले जानकारी दिए ।
बैठकमा धारणा राख्ने अधिकांश सदस्यले केन्द्रीय कमिटी र पोलिटब्यूरोलाई विस्तार गरेर समावेशी बनाउन सुझाव दिएका छन् ।
उनीहरुले आगामी संविधानसभा निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन पनि केन्द्रीय कमिटी र पोलिट ब्यूरो समावेशी बनाउनु पर्ने जनाएका हुन् । बैठक सोमबार पुन: बस्ने गरेर स्थगित भएको छ ।

प्रतिक्रिया