संविधान बनाउन कांग्रेसलाई जिताउनुपर्छ : देउवा

चितवन, २२ वैशाख । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रजातान्त्रिक संविधान बनाउनका लागि संविधानसभा चुनावमा कांग्रेसलाई जिताउनुपर्ने बताएका छन् ।
नारायणगढमा शनिबार नेपाल भूतपूर्व सैनिक संघको मध्यमाञ्चल सम्मेलन उद्घाटनपछि नेता देउवाले संविधान बनाउनकै लागि भए पनि कांग्रेसलाई जिताउनुपर्ने बताएका हुन् । अहिलेको आवश्यकता प्रजातान्त्रिक संविधान भएको उल्लेख गर्दै  उनले आफ्नो दल चुनावी प्रक्रियामा गइसकेको जानकारी दिए । चुनाव जित्नका लागि पार्टीभित्रको गुटउपगुटको अन्त्य हुनुपर्ने उल्लेख गर्दै उनले यसको सुरुआत कांग्रेस चितवनबाट गर्नुपर्ने धारणासमेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया