प्रचण्ड जालझेलका ‘माहिर खेलाडी’

काठमाडौ : एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आगामी चुनावमा आफ्नो पार्टीसँग तालमेल हुनसक्छ भन्दै दिएको अभिव्यक्तिप्रति नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आपत्ति जनाएका छन् । एमाओवादीसँग तालमेलको कुनै सम्भवना नरहेको उनले बताए ।
वैद्यले एमाओवादी अध्यक्ष दाहाललाई जालझेल गर्ने र झुक्याउने ‘माहिर खेलाडी’को संज्ञा दिए । दाहालले चुनावमा आफ्नो पार्टीसित तालमेल हुने कुरा पनि जनतामा भ्रमका लागि नै गरेको उनले बताए । ‘प्रचण्ड झुक्याउन र भ्रम छर्न माहिर छन् । उनले यो पनि भ्रम छरेका हुन् । हामी चुनावमा भाग नै लिदैनाँै भन्दैछाँै अनि, तालमेल कसरी हुन्छ ?,’ वैद्यले भने ।

प्रतिक्रिया