शौच गर्न जाँदा लडेर मृत्यु

Gulmi Districtगुल्मी, २१ वैशाख । गुल्मीको मरभुङमा भिरबाट लडेर एक जना महिलाको शनिबार मृत्यु भएको छ ।
मरभुङ–३, सिङलीकोटको भिरबाट लडेर पुर्कोटदह, गुल्मीकी शुरेस परियारकी पत्नी २९ बर्षीया सरिता परियारको मृत्यु भएको हो ।
आमाको १३ औं दिनको पुण्य तिथिका लागि माईत गएकी सरिताको शौच गएका बेला भिरबाट लडेर मृत्यु भएको स्थानीय कमल नेपालीले जानकारी दिए । उनका ५ बर्षका छोरा ४ बर्षीया छोरी छन् ।

प्रतिक्रिया