जनसंस्कृतिको सांगीतिक कार्यक्रम

sकाठमाडौं : प्रगतिशील लेखक तथा कलाकार कल्याणकारी कोष स्थापनार्थ जनसांस्कृतिक नेपालको ललितपुरको प्रस्तुतिमा विशेष सांगीतिक कार्यक्रम शुभकामना जनसांस्कृतिक साँझ ०७० आयोजना हुने भएको छ । आगामी २१ गते शनिबार राष्ट्रीय सभागृह प्रदर्शनीमार्गमा आयोजना हुने कार्यक्रममा चर्चित कलाकारको मनोरञ्जनात्मक प्रस्तुति रहनेछ ।
कार्यक्रममा रमेश रायन, जेबी टुहुरे, खुसिराम पाख्रिन, जीवन शर्मा, मणि थापा, शिशिर योगी, मधु गुरुङ, नरबहादुर विसी, माधव प्रधान, टेकबहादुर बलम्पाकी, योगेन्द्र राजकर्णिकार, सुबोध गौतमलगायत सहभागी हुनेछन् । विभिन्न संघसंस्थाबाट सांस्कृतिक पहिचानका साथ प्रस्तुत हुने आकर्षक नृत्य तथा गीत/संगीत र हास्य प्रस्तुतिसमेत रहने सो कार्यक्रममा उल्लेख्य दर्शक सहभागी हुने अनुमान जनसांस्कृतिक नेपालका सचिव बद्री थपलियाले जानकारी गराए । उनले भने, ‘पवित्र कार्यका लागि सांस्कृतिक कार्यक्रम आयोजना गरिएकाले सबैको साथ सहयोग मिल्छ भन्नेमा विश्वस्त छु ।’ (सौस)

प्रतिक्रिया