च्याउ खाँदा बिरामी

इलाम : च्याउ खाँदा इलामको धुसेनीमा एकै परिवारका चार  जना बिरामी परेका छन् । बिहानको खानासँग च्याउको तरकारी खाएका जिल्लाका धुसेनी–१ का ५५ वर्षीय बालकृष्ण ढुंगेल, उनकी पत्नी ५५ वर्षीया चेतकुमारी, छोरा २७ वर्षीय भोला र बुहारी रञ्जना बिरामी परेका हुन् ।
बिरामीमध्ये चेतकुमारी र रञ्जनाको अवस्था चिन्ताजनक रहेको स्थानीय शिक्षक ढुंगेलले जानकारी दिए । चारै जनाको मंगलबारेस्थित स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थपउपचारका लागि जिल्ला अस्पताल इलाममा ल्याइएको छ । ढंगेल परिवारले मंगलबारे–६ याक्सीका भीम खनालले घरमै उत्पादन गरेको पराले च्याउ ल्याएर खाएका थिए । (सौस)

प्रतिक्रिया