अभ्यस्त

ishori-karkiकवि देख्छ जुनलाई
सौन्दर्ययुक्त नारी
अनुहार
एउटा भोको बालक रोटी देख्छ
प्रत्येक दिन उदाउने
सूर्यलाई पनि देख्छ
भातको थाल
दिनभर लाइन बसेर
रित्तो हात
फर्किएको किसान
देख्छ मल र वीउ
सुकुम्बासी देख्छ
झुपडीको छानो
गरिव देख्छ
छानावाट चुहिएका
पानीका थोपा थाप्ने डेक्ची
अनि
छोराछोरीका आँगमा
परेका भ्वाँग टाल्ने
कपडाका टुक्रा
एउटा अभागी देख्छ
खाडीमा मरेको
छोराको अनुहार
र,
ऋण तिर्न बाकीँ
साहुको अनुहार
सीमाना मिचिदै गरेको
देश देख्छ सधैँ
आफ्नो निन्याउरो अनुहार
म भने
त्यही जूनको शीतलाई
आमाका आँखाबाट
खसेका आँसुका
थोपा देख्छु
आखिर
भ्रममै बाँच्न
अभ्यस्त रहेछ मान्छे

प्रतिक्रिया