पत्रकार सुरक्षाका लागि छुट्टै कानून आवश्यक: गृहमन्त्री

madhavकाठमाडौं, २० वैशाख । गृहमन्त्री माधव घिमिरेले नेपालमा पत्रकारहरुको सुरक्षाका लागि छुट्टै कानून आवश्यक हरेको बताएका छन् ।
सिंहदरबारमा आज प्रेस चौतारी नेपालको ज्ञापन पत्र बुझ्ने क्रममा गृहमन्त्री घिमिरेले संचार क्षेत्रलाई राज्यको पहिलो अंगकैरुपमा राख्नुपर्ने बताए । प्रेस स्वतन्त्रताको ग्यारेन्टी नभए लोकतन्त्र नै खतरामा पर्ने घिमिरेको भनाई थियो ।
उनले कुनै पनि बहानमा संचरकर्मीमाथि हुने आक्रमण सरकारलाई सह्य नहुने बताए ।
‘सूचनाको शक्ति ठूलो हुन्छ,’ उनले भने, ‘सञ्चारकर्मीहरुले अब नयाँ निर्वाचनमा सहयोग गर्नु पर्छ ।’

प्रतिक्रिया