फाइनलमा दुवै जर्मन क्लब

म्याड्रिड : युरोपेली च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनल दुई जर्मन क्लब बोरुसिया डर्टमन्ड र बार्यन म्युनिखबीच हुने भएको छ । बुधबार राति भएको वार्यरन र बार्सिलोनाबीचको दोस्रो लेग खेलमा वायरनले बार्सिलोनालाई ३–० ले पराजित गरेको छ । पहिलो लेगमा ४–० ले विजयी वायरन एग्रिगेटको नतिजासहित अघिल्लो फाइनलमा प्रवेश गरेको छ । वायरनका लागि आर्जेन रुबेन र थोमस मुलरले गोल गरे भने गेरार्ड पिकले आत्मघाती गोल गरे ।
फुटबल इतिहासमा बुन्डेसलिगा क्लबको स्पेनिस क्लब माकिथो यो हदसम्मको दबदबा पहिलोपटक हो । यसअघि रियल म्याड्रिडमाथिको ४–३ को जितसहित अर्को जर्मन क्लब बोरुसिया डर्टमन्ड पनि फाइनलमा प्रवेश गरिसकेको छ । २५ मेमा यी दुई टोलीबीच फाइनल खेल हुनेछ । पहिलो लेगमा भएको जर्मनी ८, स्पेन १ को परिणाम नै अत्यधिक चर्चा र चासोको विषय बन्यो । (एजेन्सी)

प्रतिक्रिया