अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा नेपाल

काठमाडौं : अन्तरिम चुनावी मन्त्रिपरिषद्को बिहीबारको बैठकले अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकारमा अर्थविद् डा. चिरञ्जीवी नेपाललाई नियुक्त गरेको छ । नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्षसमेत रहेका नेपाल यसअघि उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाका पालामा परराष्ट्र सल्लाहकारसमेत रहिसकेका छन् ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले तनहुँ जलविद्युत् परियोजनाका ऋण सहायता स्वीकृत गर्ने निर्णय गर्नुका साथै नेपाल–भारत विद्युत् सम्झौताका लागि आइडिएमार्फत ४ करोड अमेरिकी डलर आर्थिक सहायता लिन स्वीकृति दिनेसमेत निर्णय गरेको छ । बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी दुई विधेयकलाई विधेयक समितिमार्फत राष्ट्रपतिकोमा पठाउने र राजस्व सुरक्षा तथा औद्योगिक सुरक्षा बल विधेयकलाई विधेयक समितिमा पठाउने निर्णय गरेको हो ।

प्रतिक्रिया