प्रचण्ड भारतसँग भिख मागिरहेका छन् : महत

पाँचथर : कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भारतमा राजनीतिक भिख मागिरहेको आरोप लगाएका छन् ।
भारतको विरोधमा हिँडेको दाहालले भारतको पूजा गरिरहेको टिप्पणी गर्दै नेता महतले हिंसाको बलमा सत्ता कब्जा गर्ने सपना बोकेकाहरू विदेशीसँग शिर निहुराउँदै गरेको बताए । कांग्रेस क्षेत्र नम्बर १ को च्याङथापुमा शुक्रबार हुने सभालाई सम्बोधन गर्न फिदिम आइपुगेका महतले बिहीबार यस्तो धारणा राखेका हुन् । बहुदलीय प्रजातन्त्र स्विकारेको भन्दै दाहाल भारतसामु लम्पसार परेको उनले बताए ।
कांग्रेसले लिएको सिद्धान्त र आदर्शमा कम्युनिस्ट भनिएका पार्टीहरू पछि लागेको उनको दाबी थियो । ‘हिजोदेखि जे आदर्श मान्यौँ हामी त्यसमै छौँ उनीहरू परिवर्तन भएर आएका छन,’ उनले भने । (सौस)

प्रतिक्रिया