सडकछेउका मोटर ग्यारेज हटाइने

काठमाडौं, २० वैशाख । सडकछेउमा सञ्चालित मोटरग्यारेज तथा वर्कसप हटाउन ट्राफिकले अभियानै चलाउने भएको छ । सडक अतिक्रमण गरी सञ्चालन गरिरहेका ग्यारेज तथा वर्कसपलाई आइतबारदेखि ट्राफिकले हटाउन लागेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अतिक्रमित स्थानबाट ग्यारेज तथा वर्कसप हटाउने एक साताअघि नै सूचना प्रकाशन गरिएको थियो । ‘सडक आसपासका मोटरग्यारेज र वर्कसपले सडक अतिक्रमण गरेको देखियो । यसले ट्राफिक व्यवस्थापनमा गम्भीर असर पार्छ,’ महाशाखाका प्रवक्ता डिएसपी पवन गिरीले भने, ‘त्यसैले त्यस्ता मोटर ग्यारेज तथा वर्कसप हटाउन महाशाखाले अभियानै सञ्चालन गरेको हो ।’
सडकछेउमा रहेका मोटरग्यारेज तथा वर्कसपका कारण सडकपेटीमा हिँड्ने बटुवालाई समेत असर पारेको डिएसपी गिरीले बताए । उनले भने, ‘मर्मत तथा सर्भिसिङका क्रममा पोखिएका इन्धन, मोबिल र पानीका कारण सडकलाई जीर्ण बनाएको देखियो, यसले पेटीमा हिँड्ने यात्रुलाई असर मात्र होइन, सावारी दुर्घटनासमेत गर्ने गरेको छ ।’

प्रतिक्रिया