दाङमा खुकुरी प्रहारबाट हत्याको प्रयास

दाङ्ग, १९ वैशाख । दाङ जिल्लामा धारिलो हतियार प्रहार गरेर हत्या प्रयास गर्ने बसन्त परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
हापुर–२ का २१ बर्षीय परियारले बुधबार बेलुका स्थानीय १८ बर्षीय लालबहादुर चौधरीलाई खुकुरी प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ । आपसी विवादका क्रममा परियारले चौधरीलाई खुकुरी प्रहार गरेका थिए ।
गम्भीर घाईते चौधरीलाई प्रहरीले उपचारका लागि नेपालगञ्ज पठाएको छ ।

प्रतिक्रिया