दण्डहिनताले स्थान पाउँदैन: अध्यक्ष रेग्मी

Khilraj-Regmi'sकाठमाडौं, १९ वैशाख । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले दण्डहिनतालाई वर्तमान सरकारले सहन नसक्ने बताएका छन् ।
एम्नेस्टी इन्टरनेसनल नेपालको प्रतिनिधिमण्डलसँग विहीवार आफ्नै कार्यकक्ष सिंहदरबारमा कुरागर्दै अध्यक्ष रेग्मीले भने, ‘दोषीलाई कानूनी दायराभित्र ल्याउन सम्बन्धित निकायलाई निर्देश गर्छु ।’ अपराधमा संलग्न दोषीले कदापि उन्मुक्ति नपाउने उनको भनाई छ ।
‘गृह मन्त्रीलाई कहीँबाट दवाव आए मलाई भन्नुस् भनेको छु’, रेग्मीले भने, ‘यो सरकारको काम चुनाव गराउने हो ।’
अपराधमा संलग्नहरु समातिन थालेको बताउँदै उनले त्यसको अनुभूति विस्तारै हुने थालेको दाबी गरे ।
‘एकै क्षणमा ‘रामराज्य’ सम्भव छैन,’ उनले भने, ‘मुलुकमा विस्तारै सुधार हुँदै जाने छ ।’
अध्यक्ष रेग्मीले राजनीतिले ‘ट्रयाक’ लिन नसकेकै कारण मुलुकमा तमाम समस्या बढेको बताए । राजनीतिलाई ‘ट्रयाक’मा ल्याउनका लागि सरकारले चुनावलाई प्राथमिकतामा राखेको उनको भनाई छ ।
अध्यक्ष रेग्मीले वैदेशिक रोजगारीमा विभिन्न समस्या देखिएको बताए । उनले बैदेशिक रोजगारीमा जाँदा बुझेर मात्रै जानु सुझाव दिए ।

प्रतिक्रिया