तीन कम्युनिष्ट तीनतिर

maobadiनुवाकोट, १९ वैशाख । नुवाकोटका मजदुर संगठनले विविध कार्यक्रम गरी मे दिवस मनाएका छन् । १२४औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नुवाकोटमा क्रियाशील कम्युनिस्ट पार्टीले छुट्टाछुट्टै मजदुर दिवस मनाए । मजदुरको पक्षमा लागेको बताउँने एमाले, एमाओवादी र नेकपा–माओवादीले आ–आफ्ना तरिकाले छुट्टाछुट्टै कार्यक्रम गरी दिवस मनाएका हुन् । नेकपा एमाले निकटको ट्रेड युनियन महासंघ जिफन्टले बट्टार बजारदेखि सदरमुकाम विदुरसम्म र्‍याली गरी जिविस हलमा सभासहित कार्यक्रम गर्‍यो । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले एमाले नै सच्चा कम्युनिस्ट पार्टी भएको र उसले मात्र मजदुरको पक्षमा नेतृत्वदायी भूमिका खेल्ने बताए ।

एमाओवादीको अखिल नेपाल ट्रेड युनियन महासंघले जिल्लाको रातमाटेमा र्‍याली र सभाको आयोजना गर्‍यो । त्यसैगरी, नेकपा–माओवादीनिकट मजदुर संगठनले पनि विदुरमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो । नेपाली कांग्रेस नुवाकोटले भने मजदुर दिवस मनाएन । कांग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले जिल्लामा पार्टीले मजदुर दिवस नमनाएको जानकारी दिए ।

प्रतिक्रिया