मेरो लडाइँ विदेशी चलचित्रका दलालविरुद्ध

अचेल केमा व्यस्त हुनुहुन्छ ?
चलचित्र निर्माता संघको चुनाव नजिकिँदै गइरहेको छ । त्यही चुनाव सम्पन्न गर्ने काममै केन्द्रित छु ।
तपाईंको यो कार्यकालमा राम्रो काम भएन भनिन्छ नि ?
म आउनुअघि निर्माताहरूबीच एकता थिएन । एउटै संघका साथीहरूमा चार विचार थियो । मैले संघको नेतृत्व गर्नेबित्तिकै मेरो कार्यकाल एकताको कार्यकाल भनेको थिएँ । त्यो पूरा गरँ । सबै साथीलाई एउटै सूत्रमा बाँधे पनि । यो एउटा rajkumarसकारात्मक कदम पनि हो ।
चलचित्रमा सुधार भएका छन् त ?
चलचित्रमा पनि धेरै सुधार भएका छन् । चलचित्रको प्राविधिक गुणस्तरदेखि कन्टेक्ससम्ममा परिवर्तन आएका छन् । नेपालमा डिजिटल प्रविधि भित्रिए पनि त्यसको सदुपयोग नभइरहेको अवस्था थियो । अघिल्लो कार्यकालमा नियम, कानुनविना भित्रिएको टेक्नोलोजीले निर्माताकै अहित गरिरहेको थियो । त्यसमा अहिले सुधार आएको छ ।
चलचित्रको बजार विस्तारका कुरा पनि उठाउनुभएको थियो नि ?
चलचित्रको बजार विस्तार भएको छ । एनआरएनसँग विदेशमा चलचित्र प्रदर्शनका लागि विभिन्न सम्झौता भएका छन् । यसले एनआरएन भएका देशमा चलचित्र प्रदर्शनका लागि सहज भएको छ । विभिन्न देशमा बजार सुधारका लागि गरिएको पहलले आज १५ देशमा चलचित्र प्रदर्शन गर्ने वातावरण बनेको छ । दार्जिलिङ र खर्साङमा चलचित्र प्रदर्शनका लागि सरोबर जडान भएका छन् । यी सरोबरबाट मात्र राम्रो चल्यो भने चलचित्रको कुल लागतको ६० प्रतिशत रकम उठ्छ । भोलिका दिनमा अन्य पनि यो विस्तार हँदै जान्छ । चलचित्रका प्रदर्शनमा लाग्ने डिभी चार्जलगायत कति खर्च निर्माताले व्यहोर्नुपथ्र्या । मेरै कार्यकालमा यी सब कटौती गराएको छु । समय अभावलगायत विभिन्न कारणले कति कुरा गर्न खोजेर पनि नसकिएका छन् । अबका दिनमा त्यो पूरा गर्ने सोच छ । बक्स अफिस पनि यसैभित्र पर्छ । मेरो कार्यकालमा जे–जति काम भएका छन् ती सबै नेपाली चलचित्र हितका लागि भएका छन् । नेपाली चलचित्रलाई घात हुने भएका छैनन् ।
चलचित्रको प्रदर्शन व्यवस्था सुध्रिएन भनिन्छ नि ?
अचेल चलचित्र धेरै बनेका छन् । यही कारणले पनि प्रदर्शन व्यवस्था खराब देखिएको हो । हिजोका वर्षमा ३० चलचित्र बन्थे भने आज रिलिज मात्र एक सय २० को हाराहारीमा भएका छन् । चलचित्रको इजाजत संख्या झन् माथि छ । अहिले डिमान्डभन्दा बढी संख्यामा चलचित्र सप्लाई भएका छन् । यसले समस्या निम्त्याएको हो । सरकारले नियम बनाएर यसको कन्ट्रोल गर्नु जरुरी छ । सोका लागि पहल पनि भइरहेको छ । संघले क्यु र बाहिरबाट भनेर दुई तरिकाले प्रदर्शन व्यवस्था मिलाएका छौँ । राज्यको चलचित्र नीतिमा प्रदर्शन व्यवस्था छैन । यसमा राज्यको ध्यानाकर्षण गराउने काम पनि गरेका छौँ ।
चलचित्रको गुणस्तर खस्केको हो कि ?
चलचित्रको गुणस्तर खस्कनुमा मुख्य दोष हामी निर्माताहरूकै छ । किनभने चलचित्र निर्माण गर्ने त हामी नै हौँ । यसमा हामीले आत्मालोचना गरेका छाँ । यो हुनुमा चलचित्र निर्माणसम्बन्धी नीति नभएर पनि हो । दशाँ वर्षदेखि चलचित्र निर्माण गर्नेदेखि हिजोका दिनसम्म आलुको व्यापार गर्ने अहिले चलचित्र बनाएका छन् । यसले चलचित्रको गुणस्तर खस्काउँदै छ । यो अवस्थालाई सुधार गर्न चलचित्र निर्माण गर्नेले आधारभूत बुझ्नुपर्ने ज्ञान दिलाउने व्यवस्थाको पहल हुँदै छ । यसले चलचित्रको गुणस्तरमा सुधार अवश्य ल्याउँछ । जसका लागि तीनवटा चलचित्रमा सह–निर्मात भएपछि मात्र निर्माता बन्न पाउनेलगायत नियम कार्यान्वयनका तवरमा छन् ।
अध्यक्षमा फेरि उठ्दै हुनुहुन्छ तपार्इंको उम्मेदवारी केका लागि ?
मेरो उम्मेदवारी भनेको राष्ट्रिय चलचित्रको हक र हितका खातिर हो । यो चुनावमा मेरो लडाइँ विदेशी चलचित्रका दलालविरुद्ध हो । यो चुनावको एक पक्षमा स्वाभिमानी निर्माता हुन्छन् भने अर्का पक्षमा विदेशी दलाल । यहाँ सरोबरको नाममा आतंक फैल्याउने, निर्मातालाई दलेर खाने, सरोबरका नाममा हार्डडिक्स र पेनड्राइभ प्रयोग गरेर झुक्याउनेहरू पनि छन् । तिनीहरूविरुद्धको लडाइँ पनि हो मेरो । म सबै साथीलाई जसरी राष्ट्रिय चलचित्रको हित हुन्छ, त्यसमै लाग्न आग्रह गर्छु ।
अहिलेको चुनावी माहोलले संघ फेरि टुक्रने अवस्था देखिन्छ नि ?
मलाई यो लाग्दैन । यो विचारको लडाइँ हो । विचार सही भयो भने कुनै पनि हालतमा संघसंस्था टुक्रँदैन । यो लडाइँमा केही मान्छे छुट्छन् भने पनि हतोत्साही हुनुपर्ने अवस्था पनि हुँदैन । विचार सही विचारमा फेरि जोडिन्छन् । विगतका दिनले पनि यही देखाएको छ । मैले व्यक्तिगत स्वार्थ छाडेर चलचित्रकै हितका लागि लडेको छु । आजसम्म मैले संघमा बसेर आºनो स्वार्थका लागि केही गरेको छैन । (सौस)

प्रतिक्रिया