खानाखाए पछि तीन बालकको मृत्यु

bajuraबाजुरा, १७ वैशाख । बाजुरा जिल्लामा खानाखाँदा तीन जना बालकको मृत्यु भएको छ ।
पाण्डुसेन–७ बस्ने मुटु गुरुङको घरमा सोमबार विहानको खानाखाए पश्चात १४ बर्षीय वीरेन्द्र गुरुसहित तीन जनाको मृत्यू भएको प्रहरीले जनाएको छ । खाना खानेवित्तिकै तीनै जना बालक असक्त भएका थिए । असक्त तीनै जनलाई तत्काल उपचारका लागि लगिए पनि उपचार हुन नसकेको आफन्तले जनाए ।
फूड्पोइनका कारण बालकहरुको मृत्यू भएको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया