जनतान्त्रिकद्वारा सरकारलाई अल्टिमेटम

sarkar logoकाठमाडौं, १७ वैशाख । जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी (भगत सिंह) समूहले विगतमा भएका सम्झौता कार्यान्वयनको माग गरेको छ ।
सो समूहले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरकारसँग भएका सहमति र सम्झौता एक महिना भित्र पालना गर्न अल्टिमेटम दिएको हो । ‘३० दिनभित्र सहमति पालनगर्न अल्टिमेटम दिएका छौं,’ वार्ता टोली संयोजक सुभाषचन्द्र सिंहले भने, ‘सम्झौता कार्यान्वयन भएन भने शान्तिपूर्ण रुपमा संघर्ष गर्छौं ।’
सिंहले संघर्ष शान्तिपूर्ण भएपनि चुनावमा सहयोग नगर्ने जनाए । सौर्य

प्रतिक्रिया