सोनाक्षीको नयाँ रणनीति

Sonakshi-Sinhaनयाँदिल्ली : पछिल्लो समयमा बलिउडका व्यस्त अभिनेत्रीहरूको लिस्ट उतार्ने हो भने पाँच भित्रै पर्छिन् सोनाक्षी सिन्हा । त्यसो त केही समय यता बजारमा आएका उनका प्राय: सबै चलचित्र सफल भएका पनि छन् । यसर्थ, उनको व्यस्तता बढेको पनि हो । बढ्दो अभिनय ब्यस्तताले होला सायद उनले अचेल सार्वजनिक कार्यक्रममा त्यति उपस्थिति जनाउनन् । उनको यो अनुपस्थितिलाई बलिउडमा धेरै तवरले हेरिने गरिएको छ । कतीले त उनको यो अनुपस्थितिलाई बहिष्कारको संज्ञासमेत दिएका छन् ।
कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थिति नजनाउने उनको पछिल्लो रणनीति हो । आफ्ना दुई चलचित्र प्रदर्शनमा आउने तयारीमा रहेकोले उनले यो रणनीति अबलम्बन गरेकी हुन् । सार्वजनिक कार्यक्रममा सरिक नहुनुको कारण उनी मिडियाबाट लुक्न चाहन्छिन् । उनले यो रणनीति आपैँmले बनाएकी होइनन् । नजिकका सल्लाहकारका सल्लाहबमोजिम उनी यो निर्णयमा पुगेकी हुन् । उनको यो क्रियाकलाप नौलो पनि होइन । यसअगाडि केही अभिनेत्रीले यो बाटो अवलम्बन गरिसकेका छन् । बलिउड चलचित्र क्षेत्रमा अभिनेत्रीहरूका यसप्रकारको क्रियाकलापलाई इमेज मेनेजमेन्ट भन्ने गरिन्छ ।
‘म अचेल चलचित्रको छायांकनमा व्यस्त भएकाले सार्वजनिक समारोहमा उपस्थित जनाउन नभ्याएकी हुँ’, सिन्हाले बताइन् । अचेल उनको अभिनय रहने आधा दर्जन चलचित्रका छायांकन भइरहेको छ । ‘थुपाकी’, ‘वन्स ओपन ए टाइम इन मुम्बई २’, ‘रेन्बो राजकुमार’, ‘बुलेट राजा’लगायत चलचित्रमा समेत उनको अभिनय समेटिनेछ । यी चलचित्र अहिले फ्लोरमा छन् । अभिनयको व्यस्तताले सिन्हाले परिवारलाई समेत समय दिनसकेकी छैनन् ।
सिन्हाकै पछिल्लो चलचित्र ‘लुटेरे’ आगामी जुलाई र ‘वन्स ओपन ए टाइम इन मुम्बई २’ अगस्टमा सार्वजनिक प्रदर्शनमा आउँदैछ । यो समयसम्म आफूलाई मिडियाबाट उनले टाढै राख्न सकिन् भने चलचित्रले पनि व्यवसाय गर्ने अनुमान लगाउन सकिने एजेन्सीले समाचारमा जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया