अवैध नागरिकता लिने भारतीय महिला पक्राउ

nagariktaपर्सा, १६ वैशाख । पर्सा जिल्लामा नेपाली नागरिकता लिने भारतीय महिला पक्राउ परेकी छन् ।
भारतमा विवाह गरेर गएकी मीनाकुमारी साहले आइतबार गलत विवरण देखाएर नेपाली नागरिकता लिएको सूचना पाए पछि प्रहरीले पक्राउ गरेको हो ।
पर्सा बहुअरी–९ बस्ने बन्धु साहकी १८ बर्षीया छोरी मीनाले आफू अविवाहित रहेको गलत सूचना उपलब्ध गराएर घुम्ती शिविरबाट नागरिकता लिएको प्रहरीले जनाएको छ ।
भारतमा विवाह भएकी छोरीलाई नागरिकता बनाउन सहयोग गर्ने बाबु बन्धु साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । फाईल तस्विर

प्रतिक्रिया