कार्यालय हटाउन दूतावासमा ज्ञापन–पत्र

Indian flagकाठमाडौं, १६ वैशाख । नेकपा–माओवादीसहित साना दर्जन बढि दलहरुले विराटनगरमा रहेको भारतीय सम्पर्क कार्यालय हटाउन माग गरेर ज्ञापन पत्र बुझाएका छन् ।
काठमाडौंको लैनचैरस्थित भारतीय राजदूतावास पुगेका उनीहरुले विराटनगरको सम्पर्क कार्यालय हटाउन माग गरेका हुन् ।
ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासले नेपालको राजनीतिमा हस्तक्षेप गर्दै आएको बताए । ‘विराटनगरमा खोलिएको सम्पर्क कार्यालयलाई सानो दूतावासमा परिणत गर्न खोजिएको छ,’ उनले भने, ‘भारतीय हस्तक्षेप हामीलाई मान्य छैन ।’
२०६४ सालमा विराटनगरमा खोलिएको भारतको सम्पर्क कार्यालय अझैसम्म हटेको छैन । कार्यालय नहटे पछि नेकपा–माओवादीसहितका दलले विरोध गर्दै आएका छन् । उनीहरुले कार्यालय हटाउन दवाव दिन कडा आन्दोलन समेत गर्ने चेतावनी दिए ।

प्रतिक्रिया