अनुदान रकम बढाउन आग्रह

काठमाडौं, १६ वैशाख । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अनुदान रकम बढाउन एशियाली विकास बैंकसंग आग्रह गरेका छन् ।
नेपालस्थित एडीबीका राष्ट्रिय निर्देशक केनिची योकोयामासँगको भेटमा कोइरालाले अनुदानको साटो ऋणको भार मात्र बढ्दै गएकोमा गुनासो गरे । कोइरालाले ऋणले नेपाललाई समस्या बनाएको पनि बताए ।
एडीबीका निर्देशक योकोयामाले मन्त्री कोइरालाले योजना आयोगका पदाधिकारीहरुले राजीनामा दिएपछि एडीबीले लगानी गरेका योजना, आयोजनाको भविष्य के हुने भन्ने जिज्ञासामा राखेका थिए ।
जवाफमा मन्त्री कोइरालाले सरकारले आफ्ना काम सुचारु रुपमा गरेको भन्दै चिन्ता नलिन सुझाव दिए ।

प्रतिक्रिया