काडामाडौं दोहामा प्रदर्शन

काठमाडौं : वृत्तचित्र कांडामाडौं अलजजिरा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन भएको छ । डोटी जिल्लाको कांडामाडांै गाउँका विषयमा निर्मित यो वृतचित्र कतारको दोहामा हालै आयोजित यो महोत्सवमा प्रदर्शन भएका हो ।
वृतचित्रमा डोटी जिल्लाको काडामाडौं गाउँमा भारतसँगको आवतजावतका कारण भित्रिएका एचआईभी एड्सका विषय समेटिएको छ ।
वृत्तचित्रमा महेश खड्काको निर्देशित छ । काडामाडौं, डोटी जिल्लाको एउटा गाउँ हो । यसको नाम राजधानी काठमाडौंसँग मिल्दोजुल्दो छ । यसअघि दसौँ काठमाडांै अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवमा बेस्ट डकुमेन्ट्रीको अवार्डसमेत हात पारेको यस वृत्तचित्रले भर्खरै क्यानडामा सम्पन्न टोरन्टो नेपाली फिल्म महोत्सवमा पनि सहभागिता जनाएको थियो । वृत्तचित्रले सुदूरपश्चिमका धेरै गाउँमा भोग्नु परेका भारत जाने परम्परा र त्यससँग जोडिएका विषय खोतलेको छ ।
निर्देशक खड्काका जवाङ्का जिन्दगीहरू, पच्चीस बच्चाकी आमा, छाउ, लामा इन डिलेमा वृत्तचित्र विभिन्न महोत्सवहरूमा यस अगाडि सहभागी भइसकेका छन् । छाउले त सन् २०१० मा क्रोसिया र मस्कोमा आयोजित फिल्म महोत्सवमा पहिलो र दोस्रो पुरस्कारसमेत हात पारेको थियो । (सौस)

प्रतिक्रिया