सनराइजको विशेष मुद्वती योजना

काठमाडौं : सनराइज बैंक लिमिटेडले सनराइज विशेष मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत न्युनतम १ लाखमा १५ महिने मुद्दती योजना खोल्न सकिन्छ । यो योजनामा ९ दशमलव ५० प्रतिशत वार्षिक ब्याजदर प्रदान गरिने पनि बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हाल बैंकको कुल निक्षेप २१ अर्ब २९ करोड, कर्जा लगानी १ सय ८७ अर्ब ६ करोड, र कुल ग्राहक संख्या २ लाख १६ हजारभन्दा बढी रहेका छन् । बैंकको उपत्यकामा २२ र बाहिर २७ गरी ४९ शाखा र ५७ एटिएम रहेका छन् । बैंकले सनराइज लकर, सनराइज भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ रेमिट्यान्सलगायत आधुनिक बैंकिङ सेवासमेत प्रदान गर्दे आइरहेको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया