सल्यानमा करेन्ट लागेर दुई जनाको मृत्यु

सल्यान, १५ वैशाख । सल्यान जिल्लामा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरीका नायव निरीक्षक पनि छन् ।
थारमारे–४, जन कल्याण कलेज नजिकै रहेको सल्लाघारी जंगलमा करेन्ट लागेर थारमारे–१ का १४ बर्षीय दीपेन्द्र केसीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जंगलमा खेल्ने क्रममा लत्रिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो । उनको उद्धार गर्ने क्रममा प्रहरी नायव निरीक्षकको समेत मृत्यु भएको छ ।

प्रतिक्रिया