टिप्पर दुर्घटनामा चालक र सहचालकको मृत्यु

धनगढी, १५ वैशाख । बैतडीमा टिप्पर दुर्घटना हुंदा चालक र सहचालकको मृत्यु भएको छ ।
बैतडीको सतबाजबाट गोकुलेश्वरतिर गइरहेको ना १ च २९८ नम्बरको टिप्पर आज विहान साढे नौ बजे श्रीकोट गाविस वडा नम्वर ७, तारल भन्ने ठाउंमा दुर्घटना हुंदा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बझाङ कफलसेरी गाविस वडा नम्वर १ का चालक गौतम बोहरा र बैतडी श्रीकोट गाविस वडा नम्वर २ का सहचालक रोशन भट्ट रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया