नराम्रो कुरा गर्नेप्रति सरोकार राख्दिनँ

Sunny-Leoneमुम्बई : पोर्न फिल्मबाट मूलधारको बलिउड फिल्ममा आएकी भारतीय मुलकी क्यानेडाली अभिनेत्री सन्नी लियोन अहिले मख्ख छिन् । भारतमा रातारात ‘सेलिब्रेटी’ बनेपछि अहिले उनको भुइँमा खुट्टा छैन ।
भन्छिन्, ‘म भारत आएको दुई वर्ष भइसक्यो । यसबीचमा मैले यस्ता काम गरे, जुन काम कुनै दिन गर्नेछु भन्ने मैले कल्पनासम्म गरेकी थिइनँ ।’ यस्तो कल्पनै नगरेको के गरिछन् त उनले ? भन्छिन्, ‘बलिउड गीतमा नृत्य गर्न पाएकी छु, आइटम नम्बरमा कम्मर मर्काउन पाएकी छु । फिल्ममा अभिनय गर्नेदेखि फिल्म प्रमोसनका लागि दसतिर धाउने कामसम्म गरँे । अझ रोचक कुरा त के छ भने म धेरै ठाउँ साडी लगाएर पुगेँ । यस्तो होला भन्ने मैले सोचेको पनि थिइनँ ।’
एक अन्तर्वार्तामा उनलाई ‘तपाईंप्रति धेरैको धारणा त्यति राम्रो छैन नि’ भनी सोधिँदा उनले अरूको व्यक्तिगत धारणाप्रति कुनै आपत्ति नरहेको बताइन् । ‘भारतमा मेरो आलोचना गर्नेभन्दा मलाई राम्रो भन्ने धेरै छन् जस्तो लाग्छ । यस्तोमा केही मानिसले मेरो नराम्रो कुरा गर्छन् भने बालै भएन नि †’ (एजेन्सी)

प्रतिक्रिया