चलचित्र निर्देशक समाजमा दिनेश डिसी

काठमाडौं : चलचित्र निर्देशक समाजको शनिबार सम्पन्न निर्वाचनबाट दिनेश डिसी अध्यक्ष चुनिएका छन् । त्यसैगरी उपाध्यक्षमा राजु केसी र सुचित्रा श्रेष्ठ, महासचिवमा ऋषि लामिछाने निर्वाचित भए । कोषाध्यक्षमा सुमन दाहाल, सहकोषाध्यक्षमा गोपालचन्द्र लामिछाने, सचिवमा श्याम भट्टराई तथा सदस्यहरूमा राजु गिरी, आर बी के शरद, शेखर खनाल, गोकुलकुमार राई, योगेश घिमिरे, महेशप्रसाद शर्मा र दुर्गाप्रसाद ढुंगेल निर्विरोध निर्वाचित भए ।
कुल ६९ मत हासिल गरेर नयाँ अध्यक्ष बनेका दिनेशका निकटतम प्रतिद्वन्द्वी बन्दै नरेश पौडेल १६ मतले पराजित भएका हुन् । यस वर्षसँगै पौडेल लगातार तेस्रोपटक समाजको अध्यक्ष पदमा पराजित भएका हुन् । यसअघि उनी अर्का निर्देशक केपी पाठकविरुद्ध निर्वाचन लडेर दुईपटक पराजित भएका थिए । उपाध्यक्षमा प्रमोद भण्डारी र राकेश मानन्धर तथा महासचिवमा एम एस अंग्रज पराजित भएका हुन् । (सौस)

प्रतिक्रिया