जिगोलो

Swagat-Nepal‘सर/म्याडम † उसले मलाई मार्नका लागि आफ्नो योनीमा विष राखेर मुखमैथुन गर्न लगाई, सर †’
अदालतमा संयुक्त इजलासका महिला न्यायाधीशको अनुहार हँसिलो देखियो भने पुरुष न्यायाधीशको चाहिँ एकदमै अँध्यारो ।
कठघराबाट नोबेलचन्दको याचना, ‘हामी दुवैलाई यहाँबाट छोडियो भने यसले मलाई मार्छे † कि उसलाई सजाय होस् । होइन भने बरु मलाई नै जेल हालियोस् †’
बीचमा उसकै वकीलको बहस– श्रीमान् म विपक्षी युवतीसँग केही प्रश्न गर्ने अनुमति चाहन्छु ।
‘अनुमति छ ।’ महिला न्यायाधीशको अनुमतिपछि प्रश्नोत्तर अघि बढ्यो –
‘तपाईंको नाम ?’
‘बिमा’
cover--Gigolo‘तर तपाईं र नोबेलचन्द्र बसेको होटेलको रेकर्डमा त तपार्इंको नाम माबी छ नि ?’
‘म माबी होइन, बिमा हुँ ।’
‘माबीलाई चिन्नुहुन्छ ?’
‘चिन्दिनँ ।’
‘तपाईं कसैलाई चिन्छु र चिन्दिनँ भनेर मैले नाम भन्नेबित्तिकै एकछिन् पनि नसोचिकन कसरी बताउन सक्नुहुन्छ ?’
‘चिनेको भए चिन्छु भन्ने थिएँ ।’
‘त्यसो भए नोबेलचन्द्रलाई त चिन्नुहुन्छ ?’
‘चिन्छु ।’
‘कसरी ?’
‘ऊ मेरो साथी थियो ।’
‘कहिलेसम्म ?’
‘यो मुद्दाको सुरु हुनुभन्दा अघिसम्म ।’
‘मुद्दा सुरु हुनुभन्दा अघिसम्म कि होटेलमा मर्‍यो भनेर छोड्नु पहिलासम्म ?’
‘यो के भन्दै हुनुहुन्छ तपार्इं ?’
‘हो । म ठीकै भन्दै छु । किनकि नोबेलचन्द्र मर्न लागेको अवस्थामा भेटिएको होटेलको रेकर्डअनुसार नोबेलचन्द्रसँग तपाईं हुनुहुन्थ्यो ।’
‘म होइन । माबी थिई भन्नुभएको होइन तपाईंले नै अघि ?’
‘हो, होटेलमा माबीसँग नोबेलचन्द्र थियो तर बिमा नोबेलचन्द्रसँग थिई ।’
‘यो के कुरा हो ? मैले बुझिनँ ।’
‘तपार्इंले दोहोर्‍याएर बुझिरहनु जरुरी छैन म्याडम ।’ वकीलले न्यायाधीशतर्फ फर्किएर बोलिन्– श्रीमान् बिमा र माबी नोबेलचन्द्रसँग बसेको होटेल अनि त्यसको रुम पनि एउटै हो । अर्थात्, सोही होटेलको सोही कोठामा आधा दिन माबी र आधा दिन बिमासँग नोबेलचन्द्र बसेका थिए ।
बिमाको पक्षकी वकीलले पनि अनुमति मागिन्, ‘श्रीमान् म पनि मेरो विपक्षीसँग जिरहका लागि अनुमति चाहन्छु ।’
अनुमतिपछि नोबेलका लागि सोझो प्रश्न आयो, ‘तिमीलाई बिमाको योनीमा विष राखेको छ भन्ने कुरा कसरी थाहा भयो ?’
न्यायाधीशको पनि जिज्ञाशा थपियो– भएको के हो घटनाबारे बताऊ ।
नोबेलचन्द्रले निधार र नाकको टुप्पामा आइरहेको पसिना पुछ्यो हत्केलाको उल्टो भागबाट । र, बोल्यो–
म अरू वर्षझैँ सहिद दिसवका दिन बाबाको सालिकमा फूल चढाएर फर्कँदै थिएँ । बिमाको फोन आयो– कहाँ छौ ?
– म सहिद पार्कमा । तपाईं ?
– म घरैमा । १२ बजे त्यो होटेल आऊ ।
– आज आमालाई अस्पताल लानु छ सक्तिनँ । आफैँ पनि बिरामी परिरहेको छु ।
– अरू कुरा थाहा छैन । तुरुन्त आउने । मैले फोन राखँे ।
नोबेलेको कथा अघि बढ्छ– आज ऊ कसैको गाडीमा थिएन सधैँजस्तो । बाटोमा हिँडिरहेको थियो । अगाडि आएर एउटा नीलो रंगको गाडी रोकियो । गाडीभित्र रहेछन्– माबी, पिंगला, रुही, रुसी र क्षेत्रा । भित्रबाट सानो आवाज र हात सँगसँगै आवाजमाथि उठ्यो ।
– बस ।
– होइन म अन्तै जानु छ ।
– बस न भनेको ।
– मलाई हस्पिटल जानु छ आमालाई लिएर ।
यति संवादको बीचमा ट्राफिक प्रहरीले सिठी फुक्न थालेकोले ऊ गाडीभित्र पस्न बाध्य भइसकेको थियो ।
०००
सिग्मा होटेलको कम्पाउन्डमा पुगेर रोकियो गाडी । सबैले सोझै रिसेप्सनमा पुगेर चिसो र इनर्जी ड्रिंक्स २०२ नम्बर रुममा ल्याइदिने अर्डर दिँदै चाबी लिएर हिँडे । ऊ पनि लुरुलुरु लाग्यो रुम नं. २०२ तिर ।
‘अनि कुनै कुरा नै नभई… ?’ नोबेलले विस्तारै मुख खोल्यो, बडेमानको बेडमा आधा शरीर र आधा बाहिरै फ्याँकिदिएर ।
माबीले जवाफमा प्रश्न फर्काई– कुरा ? कस्तो कुरा ?
– तपार्इंहरू पाँच जना अनि कति ?
– अनि कति ? हामी पाँच जना मात्रै नि के कुरा गरेको ?
– होइन पाँच जनाको कति ? कुरै भएको छैन ।
– तिमी चिन्तै नगर नोबेल ।
०००
निक्कैबेर भइसक्यो । नोबेल एकदमै थाकिसकेको छ । ऊ पाँचै जनासँग निक्कै समय कुनै बेला फरकफरक त कुनै बेला एकैपटक पनि सेवामा समर्पित भयो । उसले अब सबैको पालो सकियो भने पनि पहिला पालो सकिएकाहरूको फेरि एक नम्बर हुन्थ्यो । एक हप्तादेखिको आइरहेको ज्वरो पनि निको भएको थिएन । ऊ ढल्न मात्र बाँकी छ अब । साँच्चै ढल्यो ऊ भुइँमा । तर, कमजोरी नदेखाई ‘एकछिन है’ भन्दै कपडा भएको ठाउँतिर गयो ।
गोजीबाट औषधी मुखमा फुत्त फ्याँकेर विस्तारै निलिदियो ।
‘त्यो होइन औषधि यो पो त’ भन्दै रुसीले मुखैनेर ल्याएर कुनै अमुक औषधि ख्वाइदिन खोजी ।
मानेन नोबेल ।
हत्तेरी खाऊ न खाऊ भन्दै पाँचै जनाले खुवाइदिए ।
त्यो औषधि खाएको एकैछिनमा् ऊ त एक्कासि बेजोड कल्पनाशील बन्यो । टाउको दुखेको उसलाई केही पनि थाहा भएन । टाउको दुखेको मात्र होइन अरू पनि केही थाहा भएन उसलाई । कसैले त्यो २० तल्ले भवनको झ्यालबाट फाल हान् भने पनि ऊ तयार छ । केवल आदेश पालन गर्छ वस् ।
कल्पनामा माथिमाथि उडिरहेको थियो । उसको शरीर एक ठाउँमा र हंस अर्कै ठाउँमा थियो । ऊ वर्षौंदेखि बिरामी भएर थलिएकी आमालाई उपचार गर्न लाखौँ रुपियाँ लाग्ने भए पनि अब सक्ने भएको छ कल्पनामै । बैनीले पनि पोहोरजस्तो खर्च नभएर परीक्षा दिन नपाउने अवस्था हुँदैन ।
कल्पनामा पिङ खेलिरहेको नोबेल यसो अनुहार हेर्छ आफूसँग भएका पाँचै जना सर्वांग महिलाहरूको । तर, देख्दैन ऊ, अगाडि को छ, उसलाई थाहा छैन । उसलाई सबै उस्तै लाग्छन् । कोही पनि राम्री–नराम्री , आकर्षक–अनाकर्षक, दुब्ला–मोटा केही लाग्दैनन् । त्यो औषधि खाएपछि के भो के । ऊ हरेकको अनुहारमा आँखा गाड्छ तर त्यो मान्छे हो कि कुनै वस्तु केही चाल पाउँदैन । कसैले भनेको कुनै काम के हो थाहा पाउँदैन तर आदेश पालन मात्र गरिरहन्छ । के गरिरहेछ आफैँलाई गरिरहेको बेला पनि महसुस छैन ।
एक्कासि कराउँछ ऊ ‘बाबा † म हजुरको सपना साकार पारेर छोड्छु ।’
नोबेलको आवाज यति शक्तिशाली थियो कि, ‘मम्मी †’ भन्दै पाँचैजना केटी एकैपटक चिच्याउन पुगे ।
नोबेल बर्बराइरहेको छ, ‘आमालाई पहिला उपचार गराउँछु । अनि बैनीको पढाइ सकेर म आउँछु बाबा हजुरको बाटोमा । म आउँछु ।
ऊ एकतमासले कल्पनाको सफलताका लागि दौडिरहेको छ । बाबाले पूरा गर्न नसकेका सपनाहरू सबै पूरा गर्न । चारैतिर गोलाबारुद बम, अश्रु ग्यासको प्रहार छ । उसको आँखा, कान, मांसपेशी, जिब्रो, औँलाऔँला, पेट छाती सबै हल्लिँदा हल्लिँदा हल्लनपुरी भएको छ । हल्लिँदा हल्लिँदै उसले संसार पूरै हल्लिएको देख्यो । ऊ अब अडिन पनि नसक्ने भयो । संसार पूरै अँध्यारो देख्यो । बंगरंग ढल्यो भुइँमा । लम्पसार । हुन त अरू पनि पाँचै जना गलित भइसकेका थिए ।
निक्कैबेरसम्म ऊ उठेन ।
नोबेलको हात र खुट्टामा समाएर तान्दै पाँचै जनाले बाथरुमभित्र लगे । बाथिंग पोन्डभित्र लम्पसार पारे । अनि विस्तारै पानी छोडिदिए पोन्डमा । छोडिदिए त्यतिकै र कोठाभित्र आए अनि सफाचट भए । नोबेलको शरीरको सन्तुलन बिग्रिएर पानीभित्रै टाउको डुब्न थालेको छ । एकछिन्पछि सबैले हतारहतार तानेर बाथरुमबाहिर कोठातिर ल्याए नोबेललाई र सुताए ।
‘अब चाहिँ खुवाइदेऊ अघिको नशा हट्ने औषधि ।’ माबीले भनी
पिंगलाले पानीमा घोलिएको औषधि ग्लासमा लिएर आई । माबीले मुख खोलिदिई नोबेलको । उसले पनि सजिलैसँग मुख बायो । विस्तारै निल्यो पनि औषधि ।
फेरि पााचैजनाले ‘हुर्रे †’ को शैलीमा ‘फाइभ †’ को आवाजसहित हत्केला ठोक्काए आपसमा । अनि चलाउन थाले नोबेललाई । – नोबेल † ए नोबेल † ए साले † उठ् †
विस्तारै नोबेल चल्मलाउन थाल्यो । आँखा खोल्यो । संसारै निल्नेगरी लामो हाई गर्‍यो । चारैतिर हेर्‍यो । फेरि सबैलाई नियाल्यो । आफूलाई कपडाविहीन पायो । कुरा बुझ्यो । सबैले उसैलाई टुलुटुलु हेरिरहेका छन् । उठेर अर्कोतिर फर्केर कपडा लगायो । आंग तान्यो । चुपचाप् बाथरुमतिर पस्यो । मुख धोयो । अनि फर्केर आयो ।
यता पाँचै जना बाहिर निस्कन ठीक्क परेका थिए । माबीले भनी– अब निस्कौँ है । यहाँ हाम्रो बुकिंग १२ बजेसम्मको मात्र हो ।
‘कहाँ जाने ?’ नोबेलले भन्यो – हिसाब किताब बिना नै जाने ?
‘१२ बजेसम्मको हिसाब किताब भइसकेको छ बिहानै । अझै एक घन्टाजति त बाँकी नै छ ।’ क्षेत्राले भनी ।
माबी ढोकाबाट बाहिर निस्कन लागी ।
‘लौ हेरौँ त कसरी जान्छौ ? खोइ मलाई …?’ नोबेलले बाटो छेक्यो ।
क्षेत्राले व्यागबाट कुन्नी के को एउटा सानो पोको निकाली र एक्कासि नोबेलको आँखामा छ्यापिदिई । नोबेल ‘आइया’ गर्दै ढुल्मुलाउन थाल्यो । त्यतिकैमा नोबेलको शरीरमा चारैतिरबाट मुक्का र लात्ती बर्षिन थाले । ऊ एकछिन् त भिड्न खोजेको थियो । उसको टाउको ड्यांग ठोकियो भित्तामा । र, ढल्न पुग्यो भुइामा । वास्तवमा उसको शक्ति यसअघि नै बोल्न नसक्ने गरी सकिइसकेको थियो । नोबेल फेरि बेहोसजस्तै भयो । अलिअलि बेहोसीमै करायो नोबेल,… ‘जेनी † तिमीले ठीक भनेकी थियौ । कसैले बुझेन तिम्रो कुरा…।’
एकतमासले नोबेलको मुखबाट बेहोसीमै आवाज निस्किरहेको थियो, ‘जेनीले ठीकै भनेकी थिइन्…।’ सबै छक्क परे । को हो यो जेनी ? अब यहाँबाट निस्किहालौँ ।
(आजै शनिबार प्रकाशित स्वागत नेपालको उपन्यास ‘जिगोलो’ बाट झिकिएका केही अंश)

प्रतिक्रिया