लाइसेन्सको नयाँ व्यबस्था कार्यान्वयन नगर्न सर्वाच्चको आदेश

supreme-courtकाठमाडौं, १२ बैशाख । सर्वोच्च अदालतले सवारी चालक अनुमतिपत्रको नयाँ व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश भरतबहादुर कार्कीको एकल इजालसले आज नयाँ व्यवस्था कार्यान्वयन नगर्नु नगराउन विभागलाई आदेश जारी गरेको हो । बैशाख १७ गतेसम्म सवारी चालक अनुमतिपत्र वितरणका लागि नयाँ व्यबस्था लागू नगर्न सर्वाच्चले अन्तरिम आदेश दिएको हो । क्रियटिभ ड्राइभिङ स्कूल लगायतले पुरानै व्यवस्था अनुसार लाइसेन्सको ट्रायल परीक्षा दिन पाउनु पर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
पुरानो व्यवस्थामा दुई पांग्रेको पाच वटा डण्डी छलाउने र चार पांग्रेको टी सेप कटाएपछि लाइसेन्स पाउने व्यवस्था भएपनि यसमा पारदशिर्ता नहुने र अयोग्य चालकले लाइसेन्स पाउने गरेपछि विभागले अन्तराष्ट्रिय मापदण्ड अनुसार मंगलबार देखि नयाँ व्यबस्था लागू गरेको थियो ।

प्रतिक्रिया