भारत लैजादै गरेको गाँजा नियन्त्रणमा

राजविराज, १२ वैशाख । गैरकानुनी रुपमा भारत निकासी हुदै गरेको करीव १ क्वीन्टल गाँजा बुधवार राति सप्तरी प्रहरीले बरामत गरेको छ । सशस्त्र प्रहरी वेस क्याम्प पातोले नियमित चेकजाँचका क्रममा सप्तरीको औरही ४ बाट गाँजा बरामत गरेको हो ।
बोरामा भारततर्फ गाँजा लैजादा गरेका ४ जना तस्करहरु प्रहरी देखेपछि बाटोमै बोरा छोडेर भागेको प्रहरी निरीक्षक अर्जुन कुवरले जानकारी दिए । करीव ३ लाख मुल्य बराबरको गाँजा जलाएर नष्ट गरेको प्रहरीले जनाएको छ । फरार गाजा तस्करको खोजी भइरहेको प्रहरी निरीक्षक कुवरले बताए ।

प्रतिक्रिया