कार्यालय समयमा तास खेल्ने पक्राउ

दिक्तेल : चार गाविसका सचिव र एक हुलाक सहायक कम्प्युटर अप्रेटर तथा एक शिक्षकसहित आठ जना पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयनजिक सुवास होटलमा बुधबार दिउँसो तास खेलिरहेका अवस्थामा बतासे गाविसका सचिव राजन खतिवडा, राखाबङ्देल गाविसका सचिव रमेश
पोखरेल, महादेवस्थान गाविसका सचिव रामराज पोखरेल, बाकाचोल गाविसका सचिव यादवप्रसाद धमला र जिल्ला हुलाक कार्यालयका सहायक कम्प्युटर अप्रेटर राजेश शाक्य र शीतला मावि खाल्लेका शिक्षक महाप्रसाद आचार्य, दिक्तेल–४ का शिवप्रसाद आचार्य र घरधनी सुवास आचार्य पक्राउ परेका हुन् ।
तासको खालबाट १२ हजार ९ सय ४४ रुपियाँ र आठवटा मोबाइल टेलिफोन बरामद गरिएको छ । उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी नायब निरीक्षक महेन्द्र खत्रीले जानकारी दिए । (सौस)

प्रतिक्रिया