तेल बोक्ने ट्याङकरमा चरेशको धन्दा

charesमकवानपुर, ११ वैशाख । मकवानपुरमा प्रहरीले तेल बोक्ने ट्याङकरबाट १२ किलो अवैध लागूऔषध चरेश बरादम गरेको छ ।

दामन–७, सिमभञ्ज्याङबाट आज विहान ना २ ख २५३७ नम्वरको तेल बोक्ने ट्याङकर चेकजाँचका क्रममा १२ किलो चरेश फेला पारेको प्रहरीले जनाएको छ । चरेशसहित अग्रा–४ का ४५ बर्षीय कृष्ण लामा पनि पक्राउ परेका छन् ।
प्रहरीले अनुसन्धानका लागि ट्याङकरका चालक र सह–चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
उता, पर्सामा प्रहरीले ६० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।
मंगलबार राति सोनवर्षा–१, देउकाली खोल्सा नजिकबाट ३ वटा प्लाष्टिकको बोरामा रहेको ४० किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, प्रहरीले धोरे–८ स्थित बाँसको झ्याङ्गमा गहुँको भुस भित्र लुकाई राखेको लागूऔषध २० किलो गाँजा बरामद गरेको छ ।

प्रतिक्रिया