केही नेताको मानसिक अवस्था ठीक छैन

madhav nepal 1सर्लाही, ११ वैशाख । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको मानसिक अबस्था ठीक नभएको टिप्पणी गरेका छन् ।
सर्लाहीमा आज आयोजित कार्यक्रममा नेपालले अध्यक्ष दाहालको नामै नलिई उनलाई उपचारार्थ ‘राँची’ लैजानुपर्ने बताए । ‘मुलुकमा मानसिक अवस्था गुमेका केही नेता पनि छन्,’ उनले भने, ‘अब उनीहरुलाई राँची लगेर उपचार गर्नु पर्छ ।’
उनले एमालेलाई अझै केही दल र तिनका नेताहरुले नबुझेको बताए । ‘एमाले अन्धाले नदेख्ने, बहिराले नसुन्ने र बौलाहाले बुझ्न नसक्ने पार्टी हो,’ उनले भने ।
एमाओवादी अध्यक्ष दाहालले एमालेलाई आफूले कतै नदेख्ने गरेको सार्वजनिक अभिव्यक्ति दिएलगत्तै नेता नेपालले सो अभिव्यक्ति विरुद्ध कडा प्रतिकृया दिएका हुन् ।

प्रतिक्रिया