केट क्यामरनका साथमा

kate-austen-LOStलन्डन : हलिउड अभिनेत्री केट अप्टन मोडलिङ दुनियाँबाट अभिनयमा प्रवेश गरेकी हुन् । केही चलचित्रमा सामान्य अभिनय गरेकी केट अब भने मुख्य भूमिकामा देखिने भएकी छन् । चलचित्र ‘द अदर ओमेन’मा केटको अभिनय रहने भएको छ । निर्माण तयारी भइरहेको चलचित्रका लागि केटसित निर्माण पक्षको धेरै चरणका वार्ता पनि भएका छन् । तर, चलचित्रमा अभिनय गर्ने नगर्ने केटले जवाफ दिएकी छैनन् । नजिकका आफन्तसँगका परमर्श पछिमात्र निर्णय दिने केटले बताएकी छन् ।
यदि, अभिनयमा केटले सहमति जनाइन् भने अभिनेत्री क्यामरन डेज र लेसलीका साथमा उनको अभिनय रहनेछ । हास्यप्रधान चलचित्र भए पनि केटको अभिनयले यो आकर्षक हुने अनुमान निर्माण पक्षले लगाएको छ । खेलसँग जोडिएर सधँै चर्चामा अगाडि आउने २० वर्षीय मोडेल केटको यसमा आकर्षक भूमिका छ । चलचित्रमा उनका श्रीमान्को भूमिका गेम्स अफ थ्रोक्सका अभिनेता निकोलेज कोस्टरले गर्ने तय भएको छ ।
पछिल्लो समय हिपपप स्टार पी डिड्डीका साथमा रोमान्समा रहेकी केट एक सार्वजनिक समारोहमा उनीसँगकै चुम्बनका कारणले मिडियाका समाचारसमेत बनिन् । ‘टावर हिस्ट’ र ‘द थ्री स्टुजेस’ लगायत चलचित्रमा यसभन्दा पहिले उनले छोटो भूमिकामा अभिनय गरेकी थिइन् । जुन भूमिका सबैले मन पराएका थिए । सो अभिनय देखेर उनलाई अभिनेत्रीका रूपमा अभिनय गराउने निर्णय निर्माण पक्षले गरेको हो । (एजेन्सी)

प्रतिक्रिया