सुनको भाउ फेरि उकालो लाग्यो

images

काठमाडौं, १० वैशाख । गतसाता दुई दिन लगातार ६ हजारसम्म घटेको सुनको भाउ पछिल्ला दिनमा पुन: बढ्ने क्रम सुरु भएको छ ।
नेपाली बजारमा आज सुनको भाउ तोलामा २ सय रुपियाँ बृद्धि भएको छ । सुनचाँदी ब्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ५१ हजारमा किनबेच भईरहेको छ ।
तेजावी सुन प्रतितोला ५० हजार ७ सय ५० रुपियाँमा कारोबार भईरहेको छ । वैशाख–२ गते तीन हजार तीन सय रुपियाँ र वैशाख–३ गते ३ हजार रुपियाँ घटेर सुनको भाउ तोलामा ४९ हजारसम्म पुगेको थियो ।
सुनको मूल्यमा एक्कासि ठूलो मात्रामा गिरावट आएपछि अधिकांश सुन व्यापारीले पसल नै बन्द गरेका थिए । सौर्य

प्रतिक्रिया