झोलाको पहिलो लुक्स सार्वजनिक

Garima-Pantaकाठमाडौं : चलचित्र झोलाको पहिलो लुक्स सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा झोलाको पहिलो लुक्स सार्वजनिक गरिएको हो । यादव भट्टराईको निर्देशनमा तयार भएको चलचित्र झोलाको कथा साहित्यकार कृष्ण धरावासीले ०५७ मा तयार पारेका हुन् ।
गरिमा पन्त, देशभक्त खनाल, दीपक क्षत्री, लक्ष्मी गिरी, प्रह्लाद खतिवडा आदि कलाकारको यसमा अभिनय छ । साहित्यकार कृष्ण धरावासी र मञ्जु विमलीले पनि चलचित्रमा अतिथि कलाकारका रूपमा अभिनय गरेका छन् । मालती साहको कार्यकारी निर्माणमा तयार भएको चलचित्र निर्देशक यादबकै निर्माणमा तयार भएको हो । श्रीमान्को मृत्युपछि श्रीमतीले सती जानुपर्ने कथालाई चलचित्रको विषयवस्तु बनाइएको छ । (सौस)

प्रतिक्रिया