किशोरीको अनुहारमा तेजाब छर्केर फरार

हेटौंडा, १० वैशाख । मकवानपुर हेटौंडाका एक युवक स्थानीय एक किशोरीमाथि तेजाब छ्यापेर फरार भएका छन् । राजकेशर भन्ने सोनी साह हेटौंडा–२ की एक किशोरीमाथि तेजाब छ्यापेर भागेका हुन् ।

आºनै पसलमा बसिरहेकी १८ वर्षीया किशोरीलाई साहले सोमबार दिउँसो तेजाव छ्यापेको मकवानपुर प्रहरीले जनाएको छ । अनुहारमा तेजाब छ्यापेपछि घाइते बनेकी ती किशोरीको हेटौंडा अस्पतालमा उपचार गरिएको छ । उपचारपछि पीडित सोमबार साँझ अस्पतालबाट फिर्ता भएको मकवानपुरका प्रहरी प्रमुख गुप्तबहादुर श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार साह र ती किशोरीबीच पहिल्यैदेखि चिनजान थियो । आफूहरूको सम्बन्धका विषयमा भने किशोरीले केही पनि खुलाएकी छैनन् । किशोरीलाई तेजाब छ्यापेर भागेका साहलाई पछ्याउँदै प्रहरी वीरगन्जसम्म पुगेको थियो । प्रहरीले फरार अभियुक्त भारत पसेको आशंका गरेको छ । प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया